महताराद्वारा छाेराकाे सम्झनामा मानव सेवा आश्रममा सहयाेग

तुलसीपुर,२४ साउन ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ निवासी भरत महताराले दिवंगत छाेराकाे सम्झनामा तुलसीपुर स्थित मानब सेवा आश्रममा सहयाेग गरेका छन् ।

शनिबार आश्रममा पुगेर चामल, दाल,नुन, तेल, सरफ, साबुन, फ्रुटि, बिस्कुट, पाेशाक, हारपिक, बेसार,जिरा, स्याम्पु, चिनी, चियापत्ति, आलु, प्याज, धनिया, टमाटर, लसुन, हरियाे खुर्सानी, मन्जन, ब्रस, ट्वाईलेट ब्रस प्रदान गरेका हुन् । त्यसक्रममा पाँच हजार ५५ रूपैया समेत आर्थिक सहयाेग गरिएकाे थियाे ।
अफतार गुरु तथा राप्ती पहिचान डटकमका सञ्चालक समिति सदस्य समेत रहेका महताराले फजुल खर्च गर्नु भन्दा मानव सेवा गर्नु पर्ने भन्दै सहयाेग गरिएकाे हाे ।

त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर, १२ का वडाध्यक्ष खुसीराम चाैधरीले सामाजिक कार्यमा सबैले ध्यान दिनुपर्ने बताए । मानव सेवा नै सबै भन्दा ठूलाे धर्म रहेकाे भन्दै यसलाई तुलसीपुरमा स्थापना गर्न आफूले भूमिका खेलेकाे बताए ।


त्यस्तै मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरू जाेशीले यस्तै सहयाेगले नै साहारा विहिन सडक मानवलाई आश्रय दिन सकिएकाे बताए ।

छाेरा प्रकाश महताराकाे २०७५ माघ ७ गते निधन भएकाे छ ।

कार्यक्रमकाे सहजीकरण राप्ती पहिचान डटकमका सञ्चालक यग्गे बहादुर बुढाले गरेका थिए । ४ बर्ष अघिदेखि तुलसीपुरमा सञ्चालनमा आएकाे आश्रमबाट २ सय भन्दा बढिले सेवा लिएका छन्, भने हाल ७२ जना आश्रित छन् । साथै आश्रितहरुलाई रक्षाबन्धन पनि बाँधिएको थियो ।