
तुलसीपुर,२७ जेठ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काप्रति गम्भीर आरोप लगाउँदै ९ जना वडाध्यक्षहरुले विरोध जनाएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्रका वडाध्यक्षहरुले गम्भीर प्रकृतिका आरोप लगाउँदै मंगलबार विज्ञप्ति मार्फत ध्यानाकर्षण गरेका हुन् ।
कार्यपालिका बैठकमा एजेण्डा भन्दा बाहिरका कुराहरु निर्णय भएको भन्दै सार्वजनिक गरेको, एकलाख भन्दा माथिका सामग्री खरिद गर्दा टेण्डर गर्नुपर्ने भएपनि टेण्डर विनै मनोमानी ढंगले सफ्ट्वयेर खरिद गरेको, कम्प्युटर खरिदमा रातारात परिबर्तन गरि विल मिलाएको, राजनीतिक आडमा शिक्षक सरुवा गरेको,कर संकलन र लगानी असुलीमा ध्यान नदिएको आरोप लगाएका छन् ।
त्यस्तै बेरुजु असूल नगरेको, एम्बुलेन्स ब्यबस्थापन नभई लावारिसे बनाएको,विधि र मापदण्ड विपरित कर्मचारी सरुवा गरेको, वडाध्यक्षहरुको मागमा सुनुवाई नगरेको,नगरसभाबाट पारीत भएका निर्णय कटौति गरि आफूखुसी वितरण गरेको भन्दै आपत्ति जनाएका हुन् । आफूसंग बहुमत भएको भन्दै छलफल विनै बजेटको सीमा निर्धारण गरेको समेत उनीहरुले आरोप लगाएका छन् ।
काँग्रेसका वडाध्यक्षको तर्फबाट वडा नं.९ का वडाध्यक्ष घनश्याम ढकाल र माओवादी केन्द्रका वडाध्यक्षहरुको तर्फबाट १२ नम्बर वडाका अध्यक्ष खुसीराम चौधरीले विज्ञप्ति जारी गरि आपत्ति जनाएका हुन् । काँग्रेसका ५ र माओवादी केन्द्रका ४ जना वडाध्यक्षहरुले यस अघि पनि आपत्ति जनाउँदै पत्रकार सम्मेलन गरेका थिए ।




लाइभदाङ । २८ जेष्ठ २०८२, मंगलवार २०:४३ बजे