नेपाल उद्योग ब्यापार महासंघ तुलसीपुरको बैठक सम्पन्न

तुलसीपुर, २३ साउन ।
नेपाल उद्योग व्यापार महासंघ तुलसीपुरको नियमित बैठक सम्पन्न भएको छ । विहीबार अध्यक्ष बेद प्रसाद वलीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समितिका सदस्य शेसुराम भणडारीको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि भण्डारीले ब्यबसायिहरूको हकहितको काम यसै संगठनले नै गर्ने बताए । उनले यसलाई संस्थाका रूपमा अघि बढाउनु पर्ने बताए । अन्य उद्योग, ब्यापारीको संगठनसंग प्रतिस्पर्धा गर्ने खालको बनाउने बताए ।


बैठकमा पार्टीका लुम्बिनी प्रदेश सदस्य खुसीराम चौधरी, संगठनका केन्द्रीय सदस्य मिनराज भण्डारी, प्रदेश सदस्य कालु जैसी(गौरब), पार्टीका नगर सदस्य मदन हमाल, जिल्ला अध्यक्ष डिल्लीबहालदुर वली, सल्लाहकार परशुराम पुन, संगठनका प्रेस सल्लाहकार दिपक बोहरा, सिताराज भण्डारीलगायतले सुझाब राखेका थिए । सदस्य चेतना बाठाले स्वागत मन्तब्य ब्यक्त गरेको बैठकको सहजीकरण महासचिब कृष्णबहादुर पुनले गरेका थिए ।