आज सोमबार तपाईको राशिफल

मिति २०८२ साउन १९ गते ।

मेष : आज मानसिक सन्तुलन आवश्यक छ। बोलेका कुराको प्रभाव पर्छ, विचारपूर्वक प्रस्तुत हुनुहोस्। पारिवारिक आत्मीयता बढ्नेछ। यात्रामा सावधानी अपनाउनुहोस्।

वृष : धन लाभको संकेत देखिन्छ। पुराना साथीबाट सहयोग मिल्ने सम्भावना छ। पारिवारिक तालमेल राम्रो रहला। महत्वाकांक्षी योजना अघि बढाउन अनुकूल छ।

मिथुन : कामको चाप बढ्नेछ तर जिम्मेवारी सफलतापूर्वक पुरा हुनेछ। प्रशासनिक वा नेतृत्वसँग सम्बन्धित कार्यमा सफलता मिल्नेछ। मान–प्रतिष्ठा बढ्ने योग छ।

कर्कट : शैक्षिक तथा आध्यात्मिक क्षेत्रमा उन्नति हुनेछ। अध्यात्मतर्फ आकर्षण बढ्न सक्छ। यात्रामा लाभ मिल्नेछ। वैदेशिक प्रयत्नहरूमा सुधार देखिन्छ।

सिंह : स्वास्थ्यमा सामान्य कमजोरी हुनसक्छ। रिस र अहंकार नियन्त्रण गर्नु राम्रो। मनमा चञ्चलता बढ्न सक्छ। खर्च बढ्ने सम्भावना, बचतमा ध्यान दिनुहोस्।

कन्या : व्यापार वा साझेदारी सम्बन्धी काममा प्रगति हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। विवाहयोग्यका लागि समय अनुकूल देखिन्छ। परिवारबाट समर्थन पाइनेछ।


तुला : दैनिक कार्यहरूमा व्यस्तता रहनेछ। सहयोगी व्यक्तिको साथले काम सजिलो बनाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। अनुशासनमा रहन सके सफलता मिल्नेछ।

वृश्चिक : मन रमाउने दिन हो। सिर्जनात्मक कार्यमा सफलता मिल्नेछ। प्रेम र मनोरञ्जनको अवसर मिल्नेछ। विद्यार्थीहरूका लागि उपलब्धिको दिन बन्न सक्छ।

धनु : पारिवारिक जिम्मेवारी बढ्न सक्छ। खर्चमा ध्यान पुर्याउनुहोस। घरायसी विवादबाट टाढा रहनु उचित छ। मातृपक्ष वा जमिनसम्बन्धी विषयमा ध्यान दिनुहोस्।

मकर : सञ्चार र लेखनसँग जोडिएका कार्यमा सफलता मिल्नेछ। छोटो यात्रा लाभदायक बन्न सक्छ। दाजुभाइ वा साथीभाइसँग सम्बन्ध प्रगाढ हुनेछन्।

कुम्भ : धनप्राप्तिको सम्भावना छ तर फजुल खर्च पनि बढ्न सक्छ। व्यापारिक क्षेत्रमा मिहिनेतअनुसार प्रतिफल मिल्नेछ। मौखिक प्रस्तुतिमा प्रभाव पर्न सक्छ।

मीन : आत्मबल र आकर्षण बढ्ने दिन हो। नयाँ काम सुरु गर्न सकिने दिन हो। आत्मविश्वासका साथ अघि बढ्नुहोस्। व्यक्तित्वमा निखार आउनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799