दाङ, २७ जेठ ।
दाङको लमही नगरपालिका ९ अमिलियाबाट बाघको छाला र हड्डीसहित दुईजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर गाउँपालिका ७ निवासी ३१ वर्षीय वीरबहादुर पुन र रोल्पा माडी गाउँपालिका ३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् भने अन्य दुइजनाको नाम खुलाइएको छैन ।
इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा २० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई बाघको छाला र हड्डीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका चारजनालाई अहिले इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
लाइभदाङ । २७ जेष्ठ २०८०, शनिबार १७:२५ बजे