जलवायु अनुकुलन सम्बन्धि अभिमुखिकरण

तुलसीपुर, १८ साउन ।
दाङका दुई पालिकाका वडामा जलवायु अनुकुलन सम्बन्धि अभिमुखिकरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ को रनियापुर र बबई गाउँपालिका वडा नं.५ को खयर भट्टीमा उक्त कार्यक्रम भएको हो । विकास कोष नर्वेको सहयोग र दलित सेवा संघ दाङको आयोजनामा १३ र १४ गते रनियापुरमा र १४ र १५ गते खयरभट्टीमा कार्यक्रम भएको हो ।

कार्यक्रम अधिकृत छबि परियारका अनुसार विभेदमा पारिएका समुदायको जिविकोपार्जनमा सुधार कार्यक्रम अन्तर्गत दोस्रो चरणमा जलवायु अनुकुलन सम्बन्धि कार्यक्रम भएको हो । कार्यक्रममा पछाडी पारिएका दलित, महिला, मुक्तकम्लरी, अपाङ्गता भएका ब्यक्ती गरि २५, २५ जना सहभागिता थिए ।


सोही कार्यक्रममा जलवायु परिबर्तनले पारेको असर र त्यसलाई अनुकुलन कसरी बनाउने भन्ने विषयमा अधिकृत परियार र सुरक्षा आचार्यले प्रशिक्षण दिएका थिए । अहिले ति स्थानहरुमा तरकारी खेति, समुह बचत, सहकारी निर्माण गरेर आयआर्जनका कार्य गरिएको छ ।