गुरूकुल तुलसीपुर रोयल्सको दोस्रो जीत

घोराहि, १७ फागुन ।
दाङ क्रिकेट संघको आयोजनामा संचालन भई रहेको दाङ क्रिकेट लिग-२ को पाँचौ खेलमा पुरन्धारा चेलेञ्जरलाई ३२ रनले पराजित गर्दे गुरूकुल तुलसीपुर रोयल्स विजय भएको छ।
टस जितेर पहिले व्याटिङ गर्ने निर्णय लिएको रोयल्सले २० ओवरमा ८ विकेट गुमाउदै १०८ रन वनाउन सफल भएको थियो । व्याटिङमा रोयल्सका क्यापेटन दिवान पुनले ३७ रन तथा विराट सिंह भण्डारीले १७ रन वनाएका थिए । वलिङमा पुरन्धारा चेलेञ्जरका सुजल वलिले २ विकेट/हरिस के सी,मोहन खत्रि, दिपेन्द्र रावतले समान १ विकेट लिएका थिए । १०९ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको चेलेञ्जर २० ओवर खेल्दै आफ्ना ७ विकेट गुमाउदै ७६ रनमा सिमित हुन पुग्यो। व्याटिङमा पुरन्धाराका कृष्ण कार्किले १७,राजविर सिंह १४,मोहन खत्रीले १३,राजु रिजालले १२ रनको योगदान गरेका थिए ।
वलिङतर्फ रोयल्सका रूपेश सिंहले ३ विकेट,भुवन कार्कि, दिवान पुन, विनोद विकले समान १ विकेट लिएका थिए ।खेलमा उत्कृष्ट पारी खेलेका रोयल्सका क्यापटेन दिवान पुन म्यान अफ दि म्याच घोषित गरिएको थियो। त्यस्तै बुधबार भएको अर्को खेलमा देउखुरी वारियर्सलाई ५ विकेटले हराउदै घोराहि टाईगर्स विजय भएको थियो ।
बिहीबार विहानको पहिलो खेल गुरूकुल तुलसीपुर रोयल्स र देउखुरी वारियर्स विच हुनेछ भने दोस्रो खेल पुरन्धारा चेलेञ्जर र घोराहि टाईगर्स विच हुनेछ ।