तुलसीपुर खानेपानी निर्वाचनले दिएको सन्देश

भर्खरै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनबाट यहाँका राजनीतिक दलहरुले सामाजिक संघसंस्थाहरुमा एकजुट भएको सन्देश दिन चहान्थे । सामाजिक संघ संस्थाको सन्दर्भमा राजनीतिक दलहरु एक भएमा यसले सकारात्मक प्रभाब पनि पार्छ । तर, राजनीतिक दलहरुको यो अभ्यास अन्नतः सफल हुन सकेन । कुनै पनि यो कुरा राजनीतिक दलहरुकै नेतृत्वले स्वीकार गर्न सकेनन् । अध्यक्षको भाग काँग्रेसलाई परेको थियो । तर काँग्रेसमै पनि काँग्रेसकै नेताले बागी उम्मेदवार हाले । त्यति मात्रै होईन्, जिम्मेवार नेताहरुले बागी उम्मेदवारकै खुलेरै प्रचारमा लागे । यसले आम रुपमा राजनीतिक सहमतिलाई त्यतिधेरै स्वीकार गरेको देखिदैन। तर, सामाजिक संघसंस्थाहरुको सन्दर्भमा राजनीतिक दलहरु एकजुट हुँदा त्यसले सकारात्मक प्रभाब नै पार्छ ।

भनिन्छ, सामाजिक संघसंस्थामा राजनीतिक हस्तक्ष हुनुहुँदैन । राजनीतिक हस्तक्षपन नहुन पनि राजनीतिक सहमति चाहिन्छ । खानेपानीमा निर्वाचन भएको अबस्थामा पनि छुट्टै सामाजिक संस्थाका लागि प्यानल हुँदैनन् । राजनीतिक दलहरुकै प्यानल हुने गर्छन् । त्यही राजनीतिक दलहरुभित्रकै उम्मेदवार नेतृत्वमा जाने हुन् । राजीनिक दलहरु–दलहरुबीच प्रतिस्पर्धा हुने कुरा हो । त्यसमा एक राजनीतिक दलहरुले जितेमा अन्य राजनीतिक दलहरुलाई संस्थाले सहयोगको दृष्टिले हेर्दैन्, उल्टो बदलावको भावनाले हेर्छ । हारेको राजनीतिक दलले पनि जितेको दललाई सहयोग गर्ने भन्दापनि जसरी हुन्छ, बदनामित बनाउन तिर लाग्छ । त्यसैले यसरी कुनै पनि राजनीतिक दलहरुले आफू हारेको महसुस नगर्ने गरि नेतृत्व चयन गर्ने भनेको राजनीतिक सहमति नै हो । यो सहमतिले परिणाम सकारात्मक आउछ । त्यसैले सामाजिक संघसंस्थाहरुमा चुनाब भन्दा पनि राजनीतिक सहकार्य अपरिहार्य जस्तै छ । यसले समाज विकासको नयाँ मार्ग निर्देश गर्दछ ।

अहिलेको लडाई राजनीतिक दलहरुबीचको सहमतिलाई अस्वीकार गरेको भन्दा पनि काँग्रेस भित्रको लडाई छताछुल्ल भएको देखिन्छ । खास गरि यस क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले राजनीतिक दलको सहमतिमौ धक्का दिने गरेको छ । दीपक गिरी पक्षको उम्मेदवार भए, गेहेन्द्र गिरीको पक्षले बागी हाल्ने र गेहेन्द्र गिरी पक्षका उम्मेदवारहरु भए, दीपक गिरी पक्षले बागी हाल्ने विगत लामो समयदेखिको प्रचलन अहिले खानेपानीमा पनि देखिएको छ । काँग्रेस भित्रको यो समस्या नसुल्झिदासम्म यहाँको राजनीतिक सहमति इमान्दारीतापूर्वक कार्यान्वन हुने विषयमा शंका उत्पन्न हुनेछ ।


साभार : अग्रिम साप्ताहिक

May be an image of 2 people and text that says 'Monday 2022) www.l .livedang.co महाधिवेशनले विचारधारा अग्रिम २७पुस गते सोमबार Agrim Weekly, सम्पादकीय... तुलसीपुर खानेपानी निर्वाचनले दिएको सन्देश भर्खरै तुलसीपर खानेपानी उपभोक्ता सरसफाइ विविध २ वाद जन्माउछ नामाजिक संघसंस्थाहरुमा राजनीतिक राजनीतिक संस्था जिम्मेवार राजनीतिक प्रभाव पार्छ कुरा भन्दा गर्दछ अहिलेको अस्वीकार रहने হ३ सकल्प क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाले राजनीतिक लको धक्का उम्मेदवार गिरीको समयदेखिको प्रचलन देखिएको काँग्रेस राजनीतिक इमान्दारितापूर्वक कार्यात्वन विषयमा उत्पन्न'