माओवादीको अभियान : पश्चिम दाङले देखाएको आशा

माओवादी केन्द्रको चार महिने अभियानको नतिजा पश्चिम दाङमा देखिएको छ । पश्चिम दाङमा अन्य पार्टीमा लामो समय काम गरेकाहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्, भने विगतमा माओवादीबाटै अन्य पार्टीमा गएकाहरु पनि फर्किन थालेका छन् । यो चार महिने अभियानले पारेको सकारात्मक प्रभाब हो । यसले पनि के प्रष्ट पारेका छ भने, जनताले नेता खोजिरहेका छन् । गाउँघरमा हुने हरेक दुःख, सुखमा नेतालाई देख्न चहान्छन् । विगतमा पश्चिम दाङमा निर्वाचन जित्ने र जनताको घरमा फर्केर नआउने प्रबृति हावी भयो । त्यसले गर्दा जनता आजित थिए । लामो समय पश्चिम दाङ नेतृत्व विहीन जस्तै बन्यो । निर्वाचन जित्ने तर, जितेपछि जनताको बीचमा नजाने कारणले गर्दा नै पश्चिम दाङ‘कर्णाली’ नामले चिन्ने गरिन्छ । जिल्लाको सबै भन्दा कम विकास भएको क्षेत्रका रुपमा रहेको पश्चिम दाङ पटक–पटक उपेक्षामा पर्ने गरेको छ । अब यसलाई चिर्न सक्ने नेतृत्व पश्चिम दाङले खोजिरहेको छ ।

२०७४ सालको निर्वाचनबाट प्रदेशसभामा एमालेका उत्तरकुमार वली विजयी भएपछि जनताले केही अपेक्षा पक्कै गरेको हो । त्यहाँका जनताले उत्तर कुमार वली एमाले भएकै कारण अपेक्षा गरेको भने पक्कै होईन्, उनको जनतासंग घुल्ने र हरेक समस्या समाधानको प्रयत्न गर्ने खुवीले नै जनताले बढि अपेक्षा ग¥यो । अहिले पश्चिमको विकट क्षेत्रको प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका धनबहादुर मास्की प्रदेश सांसद तथा प्रदेशका अर्थमन्त्री समेत छन् । अहिले उनीबाट जनताले अपेक्षा गरिरहेको छ र, जनताले साथ दिन थालेका छन् । पश्चिम दाङ संगठनका हिसाबले कम्जोर ठाउँ हो । तर, पनि उनले निर्वाचन जिते । त्यसको पछाडी जनताले गरेको विश्वास र अपेक्षा नै हो । जितिसकेपछि गरिएको पहल र अर्थमन्त्री हुँदा पश्चिम दाङमा सम्बोधन गरेको विकासले पश्चिम दाङ बनाउने नेतृत्व पाएको जनताको अपेक्षा छ । सधै पूर्वतिरका नेताले जित्दा पश्चिमलाई नहेर्ने गुनासो गरिरहने स्थानीयले भने अब पश्चिमकै नेतृत्व पाएको र विकास पनि आएको अनुभूति गरेका छन् ।


अहिलेको माओवादी केन्द्रको चार महिने अभियानलाई पनि यसरी नै लिन सकियो भने यो अभियानले सार्थकता पाउने देखिन्छ । यो अभियान जनताको आशा र भरोसाको केन्द्र बन्नु पर्छ । जसरी पश्चिम दाङमा एउटा उर्जा देखिएको छ, यही शैलीलाई अन्य क्षेत्रमा पनि सिकाई गरियो भने त्यसले देशब्यापी नै प्रभाब पार्न सक्छ । देशब्यापी रुपमै पश्चिम दाङको अहिलेको उत्साह, उर्जा र जनताको अपेक्षाको चर्चा हुने गरेको छ । त्यसैले अभियानलाई कर्माकाण्डीजस्तो मात्रै नबनाई प्रत्यक्ष जनताको जीवनसंग जोडेर लैजानु पर्छ । अहिलेको सरकारले गरेको शुसासन कायमकालागि गरेको कदमले जनतामा उत्साह नै थपेको छ । यो कुरा तल्लो तहमा खट्ने नेतृत्वले बुझेर त्यही अनुसार ब्यबहार गरे यसले सकारात्मक परिणाम दिन सक्छ र मुलुकलाई समृद्धिको मार्गमा लैजान सकिन्छ । जनताले माओवादीलाई साथ दिइरहेकै छन्, तर, नेताले नै जनता छोड्दाको परिणाम नै अहिलेको अबस्था हो । यो कुरालाई ख्याल गरे माओवादीको चार महिने अभियानले सार्थकता पाउनेछ । साभारः अग्रिम साप्ताहिक