
तुलबहादुर कवँर मगर
सिसहनियाँ, १० साउन।
राप्ती गाउँपालिका–८ बिजौरीमा गठित ब्राह्मण क्षेत्री समाजले निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ। शनिबार समाजले वडा नं. ८ मिलनडाँडास्थित आश्रमका आश्रित सहयोगापेक्षी व्यक्तिहरूलाई ‘मुठ्ठीदान’ कार्यक्रम अन्तर्गत विभिन्न खाद्यान्न सामग्री सहयोग गरेको हो।
सहयोग स्वरूप समाजले २४० केजी चामल, १२ लिटर तेल, ३ केजी स्वायबिन, १२ केजी नून तथा हरियो तरकारीफआश्रमका कार्यवाहक अध्यक्ष गरिबु चौधरी र सेवीका टीका मल्ललाई प्रदान गरेको हो।
समाजले विगतका महिना देखि नै नियमित रूपमा खाद्यान्न तथा तरकारी सहयोग गर्दै आई रहेको ब्राह्मण क्षेत्री समाज बिजौरीका सल्लाहकार अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा अर्जुन अधिकारी,तेजबहादुर विष्ट,कृष्णलाल गिरी,प्रकाश आचार्य,कमला न्यौपाने लगायत समाजका सदस्यहरूको उपस्थिति रहेको थियो।



लाइभदाङ । ११ श्रावण २०८२, शनिबार २०:४७ बजे