दाङ, ९ कात्तिक । दाङको राप्ती लोकमार्ग अन्तर्गत बजार क्षेत्रका बासिन्दाहरुले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई ध्यानाकर्षण गराएका छन् ।
सडककालागि कहिल्यै १५ मिटर छोड्नु पर्ने त, कहिल्यै २५ मिटर छोड्नु पर्ने भनि सरकारले भन्दै आएको भन्दै यसले आफूहरुलाई अन्योल बनाएको राप्ती राजमार्ग सरकोकार मन्चका अध्यक्ष नवराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार सोही सडक बिरेन्द्र चोकदेखि टरिगाउँ एयरपोर्टसम्मका सडक दाँया–बाँया तर्फका बासिन्दाहरु मारमा परिरहेका छन् ।
अहिले १५ मिटर सडक छोडेको भएपनि त्यसमा सडक पनि नबनेको र त्यसमा पर्ने खाल्डाखुल्डीले मानविय क्षति पुगिरहेको भन्दै यसमा सरकारले ध्यान दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ । अहिले फेरि २५ मिटर सडक र ६ मिटर फटपाथकालागि छोड्नु पर्ने कुरा उठिरहेको भन्दै यसले झनै अन्योल थपेको लामिछानेको भनाई छ ।
यसमा अन्यौल हुँदा घर भाडामा लगाउन नसकेको, घरजग्गा बिक्रिवितरणमा समस्या हुने गरेको, बैंक ऋण समेत पाउन नसेकेको, घरको नक्सा पास समेत रोखिएको अबस्था रहेको उहाँको भनाई छ ।
सडकमा स्तरोन्नति समयानुकुल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटर भित्रका खाल्डाहरु पुुर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानार्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का ७ वटा टोलविकास संस्थाका २९४ जनाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् ।
यदि सडक विस्तार गर्नुपर्ने अबस्था आएमा नक्सा पास गरेर बनेका घरहरुलाई मुआब्जा दिनुपर्ने समेत संघर्ष समितिको भनाई थियो ।
त्यस अवसरमा सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर बिष्टले देशभरका राप्ती राजमार्गकालागि २५ मिटर सडककालागि ६ मिटर फुटपाथकालागि छोड्नु पर्ने मापदण्ड रहेको बताउनुभयो । उहाँले लोकमार्गका खाल्डाखुल्डी पुर्ने काम भने विगतमा पनि भएकाले त्यसलाई निरन्तरता दिने बताउनुभयो
तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले राप्ती लोकमार्गल संघिय सरकारको कार्यक्षेत्र भित्र पर्ने भएकाले आफूहरुले समन्वयको भूमिका खेल्नु बताउनुभयो । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले सडकको स्तरोन्नती हुँदा विद्युतका संरचना हटाउने प्रतिबद्धता जनाउनुभयो ।
लाइभदाङ । ९ कार्तिक २०८१, शुक्रबार २२:४२ बजे