तुलसीपुर, ४ असार । दाङ बबई गाउँपालिका स्थित पर्यटकीय क्षेत्र पुरन्धारा झरनाकालागि १५ लाख बजेट बिनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारले पूर्वाधार निर्माणकालागि भनेर सोही ठाउँमा उक्त बजेन बिनियोजन भएको हो ।
प्रदेशसभा सदस्य तथा निवर्तमान अर्थमन्त्री धनबहादुर मास्कीको पहलमा सोही ठाउँमा उक्त बजेट परेको हो । यस अघि मास्कीले अर्थमन्त्री हुँदा झरनामा जिपलाईनको सम्भाब्यता अध्ययनकालागि बजेट बिनियोजन गरेका थिए । जसका केही दिन अघि सम्भाब्यता अध्ययन भइसकेको छ ।
त्यस्तै शान्तिनगरको सुन्दरादेवी मन्दिरकालागि १० लाख बजेट बनियोजन भएको छ । त्यस्तै तुलसीपुर ११ स्थित दंगीशरण दरवारकालागि १० लाख बजेट बिनियोजन भएको छ ।
लाइभदाङ । ५ असार २०८१, मंगलवार १४:१७ बजे