मुक्तिनाथ विकास बैक तुलसीपुरले मनायो १६ औँ बार्षीकोत्सव

तुलसीपुर
१९ पुस / मुक्तिनाथ विकास बैक लि. तुलसीपुर शाखाले बैंक १६ बर्षमा प्रवेश गरेको अवशरमा बिभिन्न कार्यक्रम गरेको छ । जस अन्तरगत आज शाखाले आफ्ना ग्राहकहरुलाई बैकिंङ्ग यात्राको बारेमा जानकारी गरायो । सोही अबवसरमा केक पनि काटेको थियो ।

त्यस अवसरमा शाखा प्रमुख सरोज कुमार लामिछानेले “जनता बैंकमा होईन,बैंक जनतामा जानुपर्छ“ भन्ने मुल नारा लिएर अघि बढेको बताए । उनले बैंकले बिभिन्न आधुनिक सेवा सुविधा प्रदान गर्दै ग्राहक सेवालाई मुख्य प्राथमिकतामा राखेको, बैंकले बित्तिय सेवा मात्र नभई बिभिन्न सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आईरहेको बताए । त्यही भएर नै बैंकले सबै ग्राहकको मन जित्न सफल भएको उनको भनाई थियो ।

बैंकले सानादेखि ठुला सबै ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेकोले अन्य बैंक भन्दा छिटो अगाडी बढेको ग्रहाकहरुको भनाई थियो । कार्यक्रमको सहजिकरण समाबेशि बैंकिङ्ग डेस्क प्रमुख गेहेन्द्र भट्टराईले गर्नु भएको थियो ।
विश्वविद्यालयलाई कम्प्युटर सहयोग
बार्षीक उत्सबकै अवसर पारेर बैकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत नेपाल संस्कृत विश्व विद्यालय बेलझुन्डी लाई १ थान डेस्क्टप कम्प्युटर सहयोग गरेको छ । कार्यक्रममा बिश्व विद्यालयको तर्फबाट कर्मचारी महाशाखा प्रमुख, शैक्षिक प्रशासन शाखा प्रमुख, साधारण लेखा महाशाखा प्रमुख, उप–कुलपति कार्यालय महाशाखा र शाखा प्रमुखहरुलगायतको सहभागिता थियो ।


त्यस अवसरमा उप–कुलपति कार्यालयका महाशाखा प्रमुख प्रदिप गौतमले यो कार्यक्रमले बैंक र विश्व विद्यालयबिचको सम्बन्ध अझै प्रगाड रहेको बताए । कार्यक्रमको सहजिकरण बिश्व विद्यालयको तर्फ बाट उप–कुलपति कार्यालयका शाखा प्रमुख बिनय पोख्रेलले गरेका थिए ।