
मसुरिया, ९ श्रावण।
नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले पार्टी सदस्य स्वर्गीय खम बहादुर पुन मगरको सातौँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ।
शुक्रबार राप्ती गाउँपालिका वडा नं.३, नयाँबस्तीस्थित स्व.पुनको निवासमा आयोजित कार्यक्रममा पार्टीका नेताहरू, स्थानीय जनप्रतिनिधिहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रम नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षतामा तथा पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य टोपबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
प्रमुख अतिथि कार्कीले स्व. पुनको निधनले पार्टीले एक निष्ठावान्, इमानदार र जनसमर्पित कार्यकर्ता गुमाएको उल्लेख गर्दै उहाँले पार्टी र जनताको हितमा पुर्याएका योगदानहरूको स्मरण गर्नुभयो।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य प्रकाश विष्टले स्व.पुनलाई सरल, अनुशासित र समर्पित कार्यकर्ता भएको बताउदै उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभयो।
स्व.खम बहादुर पुन मगरको यही श्रावण ३ गते मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रम सञ्चालन नेकपा (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीका सचिव जगत थापाले गर्नुभएको थियो।



लाइभदाङ । १० श्रावण २०८२, शुक्रबार १७:५५ बजे