
तुलसीपुर, ८ साउन ।
तुलसीपुरस्थित कृष्ण मन्दिर फिडरमा उत्पन्न समस्या कारण विद्युत् आपूर्तिमा अनियमितता आएको छ। नेपाल विद्युत् प्राधिकरण, तुलसीपुर वितरण केन्द्रका अनुसार फिडरमा समस्या देखिएपछि लोड सिफ्ट गर्ने कार्य भइरहेको छ।
विद्युत् प्राधिकरणले केही समयमै लाइन नियमित हुने जानकारी दिँदै उपभोक्ताहरुलाई धैर्य गर्न अनुरोध गरेको छ।



लाइभदाङ । ९ श्रावण २०८२, बिहीबार १२:३१ बजे