
काठमाडौं,७ चैत।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ ।
तुलनात्मक रुपमा मौसममा केही सुधार आएको छ तर आज पनि देशका केही ठाउँमा चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ति देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
आइतबारदेखि भने मौसममा सुधार आउने मौसमविद्हरुले जनाएका छन् । शुक्रबार हावाहुरी र असिना पानीले देशका धेरै ठाउँमा क्षति पुर्याएको थियो भने जनजीवन प्रभावित भएको थियो । आज पनि केही ठाउँमा चट्याङ, हावाहुरी र असिनापानीको सम्भावना भएकोले सचेत रहन सरोकारवालाले आग्रह गरेका छन् ।



लाइभदाङ । ७ चैत्र २०८२, शनिबार ०७:३८ बजे