वाईसिएल दाङको इन्चार्जमा जीसी

तुलसीपुर, ७ साउन । नेकपा(माओवादी केन्द्र) वाईसिएल दाङको इन्चार्जमा मार्सल जीसीलाई चयन गरिएको छ । वाईसिएल केन्द्रीय समितिले दाङ बबई गाउँपालिका निवासी नेपबहादुर घर्ती(मार्सल)लाई उक्त जिम्मेवारी दिएको हो ।

जीसी वाईसिएलका केन्द्रीय सदस्य हुन् । उनी २०६० सालदेखि जनमुक्ती सेन थिए । उनी वाईसिएलमा भने २०६९ सालदेखि आबद्ध भएका थिए ।

यस अघि दाङ क्षेत्र नं. ३ को इन्चार्जको समेत भूमिका निर्वाह गरिसकेका उनले पश्चिम दाङमा हुने काठ तथा खोला तस्करी नियन्त्रण गर्न वाईसिएलको तर्फबाट भूमिका खेलेको बताए । उनले दाङको वाइसिएललाई चलायमान बनाउने समेत बताए ।