
दाङ, २४ बैशाख ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन बैद्य, हेमराज बैद्य र मधुसूदन बैद्य मातृ शोकमा परेका छन । बैद्यकि आमा जानकादेवी उपाध्यायको १०० वर्षको उमेरमा निधन भएको हो ।
जानका देबिको दुस्खद निधन भएकोमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै उहाँको अन्त्येष्टि घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने परिवारले जानकारी दिएको छ।



लाइभदाङ । २४ बैशाख २०८२, बुधबार २०:०१ बजे