टेस्ट ड्राइभको मोटरसाईकलर कार ठोक्किदा एक जना घाइते

तुलसीपुर,२८ असार । दाङमा मोटरसाइकल र स्कार्पियो एक आपसमा ठोक्किँदा एकजना घाइते भएका छन्। शुक्रबार बिहान साढे १० बजेतिर दाङको तुलसीपुर–११ स्थित उरहरी चोकमा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारी निवासी २० वर्षीय दिपेश नेपाली गम्भीर घाइते भएका छन्। उनी उरहरीस्थित आचार्य मोटरसाइकल वर्कसपमा मिस्त्रीको रूपमा कार्यरत थिए।


रा ७ प ५५५९ नम्बरको मोटरसाइकल मर्मतपश्चात परीक्षण ९टेस्ट ड्राइभ० गर्न निस्किएका नेपालीलाई तुलसीपुरबाट अमेलिया जाँदै गरेको बा १८ च ३१३९ नम्बरको स्कार्पियोले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
दुर्घटनामा घाइते भएका नेपालीको बाँया खुट्टा, ढाड र पेटमा गम्भीर चोट लागेको छ। उनको तत्काल उद्धार राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेपालगन्ज पठाइएको छ।
प्रहरीका अनुसार स्कार्पियो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।