तुलसीपुर र घोराहीमा दुई दिन गर्मी विदा

तुलसीपुर, ३० जेठ ।
गर्मीका कारण दाङका विद्यालय पुनः बन्द गर्न थालिएको छ । घोराही उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार विद्यार्थीहरुमा स्वास्थ्य समस्या आएको गुनासो आएपछि विद्यालय बन्द गरिएको हो । उहाँका अनुसार बर्षे विदाबाट कटौति हुने गरि गर्मी विदा गरिएको हो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जेथ ३१ र ३२ गते विदा दिने निर्णय भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो ।


दाङमा फेरि बढ्यो अत्याधिक गर्मी, ४०.२ डिग्रि तापक्रम