लुम्विनी प्रदेशका सभामुख चीन भ्रमणमा

तुलसीपुर,२२ वैशाख । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती चीन भ्रमणमा जानुभएको छ । शनिबार दिउसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सभामुख घर्तीसहित उप–सभामुख मेनुका खांड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरी, प्रदेश सभा सचिव दुर्लभकुमार पुन चीन भ्रमणमा जानुभएको हो ।

छुकिङ्ग अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उहाँहरु चीन जानुभएको हो । चीनमा छुकिङ्ग म्युनिसिपल पिपुल्स कंग्रेससंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


सभामुख घर्तीले चोङकिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको संचार सम्वन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको बताउनुभयो । छुङकिङ महानगर चिनको ठूलो ४ महानगर मध्ये एक महानगर हो । घर्तीको एक साता लामो चीन रहनेछ ।