तुलसीपुर खानेपानी निर्वाचन अपडेट : ६०० मत गन्दा भण्डारीकाे २९४, बुढाथाेकीकाे २२९

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा यमकान्त भण्डारीकाे प्यानलले अग्रता कायम गरेकाे छ । ६०० मत गणना हुँदा यमकान्त भण्डारीले २९४ , पवनराज बुढाथोकीले २२९ र दीपक धितालले ३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा सितारम शर्मा आचार्यले ३४७, गिरीधारी प्रसाद पौडेलले १७६, पुर्णप्रसाद धिताल ८, सचिबमा सेवकराम भण्डारीले ३८९, दामोदर लामिछानेले १०१, कोषाध्यक्षमा मेघराज न्यौपानेले २८, भद्र बहादुर वलीले २५३, कर्ण बहादुर वलीले १५, भोला प्रसाद थापाले १९७ मत प्राप्त गरेका छन् ।


त्यस्तै पुरुष सदस्यमा पदम बहादुर खड्काले ३१९ लक्ष्मण केसीले ३७७, शोविन्द्र चन्द १६२ मत प्राप्त गरेका छन् ।