दीपक बाेहरा , दाङ, १ मंसिर ।
‘साफ गेम’मा नेपाललाई प्रथम बनाएर फर्केका दाङका दुई खेलाडीहरु गाडीमा ड्रेसमा सजिएका थिए । गाजावाजासहित विद्यार्थीहरु पछिपछि खुसीयाली मनाउँदै थिए । त्यो ¥यालीलाई शिक्षकहरुले ब्यबस्थापन गर्दै बजार परिक्रमा गराए र, बाहिनी चोक पुगेर तिनै खेलाडीहरुलाई सम्मान गरियो ।
तुलसीपुर ६ स्थित डिभाईन टेम्पल एकाडेमीमा अध्ययनरत छात्राहरु साफ प्रथम बनाएर फर्केपछि विद्यालय मात्रै होईन्, खेलप्रेमीहरु पनि उत्साहित थिए । बंगलादेशमा भएको ‘अन्डर १५’साफ फूटबल खेलमा उक्त विद्यालयमा अध्ययनरत राधिका वली र तुलसीपुर निवासी अञ्जना पुनले नेपालको तर्फबाट भाग लिएका थिए । उक्त खेलमा नेपालको तर्फबाट सानदार प्रस्तुत राखेर प्रथम भएको भन्दै सम्मान गरिएको थियो ।
“हाम्रा विद्यार्थीहरु साफ गेम खेलेर फर्केपछि हामी थप उत्साहित भएका छौं, हाम्रा उत्पादनहरु देशको प्रतिनिधित्व गर्ने साफ गेम खेल्न सफल हुनु हाम्रालागि गर्वको कुरा हो”, विद्यालयका संस्थापक निर्देशक भोजराज न्यौपानेले भन्नुभयो“हामी किताबी ज्ञान मात्रै होईन्,प्रयोगात्मक शिक्षा पनि दिन्छौ, भन्ने कुरा यसले प्रमाणित गरेको छ ।”
त्यस अवसरमा नेश्नल प्याब्सनका केन्द्रीय सहध्यक्ष सुवास न्यौपानेले विद्यालयले खेल क्षेत्रमा पनि अब्बलता हाँसिल गर्नुपर्ने बताउनुभयो । खेलले नै मुलुकलाई विश्वभर चिनाउन सकिने भन्दै राज्यले खेलाडीलाई उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।
उनीहरु प्रत्येकले पाँचलाख पुरस्कार र आउने जाने भाडा साढे २ लाख प्राप्त गर्न सफल भएका थिए । साथै ९ औं राष्ट्रिय फुटबल प्रतियोगितामा लुम्बिनीबाट प्रतिनिधित्व गर्दै सहभागि भएकी संगिता विक, दीपा पुन मगर, जुना छिनाल, टिका केसीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजु हमाल,एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । खेल प्रशिक्षक आकाश सिंहले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, सहजीकरण प्रिन्सिपल कुलानन्द अधिकारीले गरेका थिए ।
लाइभदाङ । १ मंसिर २०७९, बिहीबार १६:४६ बजे