आज केही ठाउँमा वर्षाको सम्भावना

काठमाण्डौ, २३ असार ।  गण्डकी प्रदेश र त्यहाँबाट पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पछिल्लो एकघण्टा यता कास्की, लमजुङ, पर्वत, म्याग्दी, पाल्पा, प्यूठान, रोल्पा, अर्घाखाँची, डोटी लगायतका ठाउँमा वर्षा भइरहेको हो । राति काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउने गरी पानी परेको थियो ।


आज दिउँसो कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजराति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।