घोराही, २० जेठ / चलचित्र विकास बोर्डको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको सहकार्यमा आज घोराहीमा पहिलो चरणको अभिनय प्रतियोगिताको अडिसन सम्पन्न भएको छ ।
यो अभियानले बालबालिकालाई कलाकारितासँग जोड्ने र भविष्यमा राम्रा चलचित्र निर्माणका लागि दक्ष कलाकारहरू उत्पादनमा सहयोग पुग्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको चलचित्र विकास बोर्डका प्रवक्ता एवं कार्यक्रमका प्रमुख अतिथि केएल बुढाथोकीले बताएका छन।
प्रतियोगितामा छनौट भएका प्रतियोगीहरूले आगामी असार १ देखि ३ गतेसम्म दाङमा सञ्चालन हुन लागेको राष्ट्रिय बाल चलचित्र महोत्सवमा भाग लिन पाउनेछन् । आजको प्रतियोगिताबाट ६ जना कलाकारहरू छनौट भएका छन। आगामी जेठ २६ गते तुलसीपुरमा पनि अडिसन हुने भएको छ ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेका थिए।प्रतियोगिताको निर्णायकमा प्रवक्ता केएल बुढाथोकी, चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शिव पुन र सप्तरंगी टेलिभिजनका नारायण नेपाल रहेका थिए।
लाइभदाङ । २० जेष्ठ २०८०, शनिबार २१:११ बजे