तुलसीपुर खानेपानी निर्वाचन अपडेट : भण्डारी प्यानलकाे अग्रता

तुलसीपुर,१७ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनमा यमकान्त भण्डारीकाे प्यानलले अग्रता कायम गरेकाे छ । २०० मत गणना हुँदा यमकान्त भण्डारीले ९२ , पवनराज बुढाथोकीले ७८ र दीपक धितालले १० मत प्राप्त गरेका छन् ।
त्यस्तै उपाध्यक्षमा सितारम शर्मा आचार्यले ११०, गिरीधारी प्रसाद पौडेलले ६८, सचिबमा सेवकराम भण्डारीले १२५, दामोदर लामिछानेले ४२, कोषाध्यक्षमा भद्र बहादुर वलीले ७३ मेघराज न्यौपानेले ८, कर्ण बहादुर वलीले ७, भोला प्रसाद थापाले ७८ मत प्राप्त गरेका छन् ।
त्यस्तै पुरुष सदस्यमा पदम बहादुर खड्काले ९४, लक्ष्मण केसीले १२३, शोविन्द्र चन्द ७१ मत प्राप्त गरेका छन् ।