राष्ट्रपति,प्रधानमन्त्रीको खर्च कटौती गरे आर्थिक शंकट घट्छः गगन थापा

दाङ,२७ चैत ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आर्थिक शंकटलाई हटाउन खर्च कटौती गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपति,प्रधानमन्त्री,मन्त्रीलगायतको खर्च कटौति गरेमा अहिलेको आर्थिक शंकट हट्ने उनको भनाई थियो ।‘प्रधानमन्त्री,राष्ट्रपति, मन्त्रीहरुको खर्च कटौति गर्नुपर्छ, भाषण गरेर हुँदैन, ब्यबहारमा उतार्नुपर्छ’,उनले भने‘माथिबाटै खर्च कटौती गरे मेयरपनि गाडी किन्न हुन्न, अनि खर्च घट्छ ।’
नेपाली काँग्रेस दाङको जिल्ला सम्मेलनलाई आईतबार घोराहीमा सम्बोधन गर्दै महामन्त्री थापाले आधारभूत कुरालाई परिपूर्ति गर्न तर्फ प्राथमिकता दिनुपर्ने बताए ।


मुलुक गम्भीर शंकटमा परेको समेत बताए । सामान्य खर्च टार्न समेत अफ्टेरो परेको छ । अघिल्लो बर्ष उठाउने भन्दा राजश्व कम उठेको यो ३५ बर्ष पछिको घटना रहेको भन्दै यसले आर्थिकमा गम्भीर शंकट देखा परेको बताए ।‘हाम्रो अर्थतन्त्रमा सामान्य समस्या मात्रै छैन’,उनले भने बहुआयामिक, गहिरो शंकट छ, यही गतिमा गए ३/४ बर्षमा हामी अफ्टेरोमा पर्छौं ।’