कैदी फरार प्रकरण : भागेका कैदीसहित ७ जना विरुद्ध मद्दा दायर, जेलर छुटे

दाङ
१७ पुस / दाङ घोराही कारागारका कैदी यमराज परियारलाई भगाएको भन्दै ७ जना विरुद्ध मुद्दा दायर गरिएको छ । कारागारका जेलर अमर वलीका अनुसार भागेका कैदी परियारसहित तत्कालिन जेलर युवराज परियार, कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरिक्षक रुद्र सेन ठकुुरी, प्रहरी हवल्दार गणेश कुमार थारु, प्रहरी जवान धनबहादुर चौधरी, भगाउन प्रयोग गरिएका दुईजना केटीहरुलगायतलाई मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ ।

उनीहरुलाई कैदी भागे–भगाएको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको उनले बताए ।

जेलर परियार छुटे
यस्तै केदी भगाउन सहयोग गरेको आरोपमा पक्राउ परेको कारागारका तत्कालिन जेलर युवराज परियार छुटेका छन् । उनी जिम्मा जमानीमा छुटेको जेलर वलीले बताए ।


आबश्यक परेको बेला उपस्थित हुने गरि अदालतको आदेशमा छोडिएको उनको भनाई छ । कैदी फरार रहेपछि तत्कािलन जेलर परियारलाई जिल्ला प्रशासन कार्यालयमा तानिएको थियो । उनी आईतबार देखि कार्यालयमा हाँजिर हुने बताईएको छ । शुक्रबार नै उनलाई छोडिएको हो । अन्य ६ जना भने जेलमै छन् ।

गएको पुस ८ गते प्रहरीकै मोटरसाईकल लिएर कैदी यमराज परियार फरार रहेका थिए । यमराज कारागार भित्र हुँदा नै मोवाईल फोन प्रयोग गर्ने, एटिएम चलाउन पाउनेलगायतका सुविधा पाउदै आएको समेत अनुसन्धानबाट खुलेको छ ।

फरार रहेका उनको खोजी कार्यलाई तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । प्रेमिका हत्या गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले २० बर्ष कैद सजाय सुनाएको थियो । सोही अनुसार उनले ७ बर्ष कैद भुक्तान गरिसकेका थिए ।