तुलसीपुर उवासंघ निर्वाचनः १२०० मत गन्दा विनिल नै अघि

तुलसीपुर, ३० वैशाख ।
तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा विनिल केसीले नै अग्रता लिएका छन् । सुरुवाको दुई सय मत गन्दासम्म लिलतजंग शाहनै अघि थिए ।

त्यसपछि भने काँग्रेसका केसीले लिएको अग्रतालाई कायम राखेका छन् । केसीले ६ सय३७ मत ल्याएका छन्, भने गठबन्धनका शाहले ५ सय ४९ मत ल्याएका छन्।

बाणिज्य उपाध्यक्ष र उद्योग उपाध्यक्ष र दुई जना सदस्यले अग्रता लिएका छन्, भने ति बाहेक अन्य पदमा केसी प्यानलले नै अग्रता लिएको छ । निर्वाचनमा २ हजार ८ सय ६५ मत खसेको छ ।