दाङ, २ बैशाख ।
दाङमा माटोको ढिस्कोले पुरिएर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ आन्द्राभरैयाका १२ बर्षिया आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही ९ आन्द्राभरैयाका ३/४ जना बालकहरु घरदेखि करिब ५ सय मिटर टाढा कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएको क्रममा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाई छ ।
आज दिउँसो खेल्ने क्रममा माटोको ढिस्काेले पुरिएका बालकको ढिलो गरि उद्दार गरि अस्पताल पुराए लगत्तै चिकित्सकले मृत घोषाणा गरेको दाङका एसपी राम बहादुर केसीले जानकारीले दिए ।
लाइभदाङ । २ बैशाख २०८१, आईतवार १९:४८ बजे