दंगीशरणमा २२ औं राष्ट्रिय धान दिवस मनाइयो

दंगीशरण, १५ असार ।
“धान वालिमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ दंगीशरण गाउँपालिकाले २२ औं राष्ट्रिय धान दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। दंगीशरण गाउँपालिका कृषि विकास साखा कार्यालय हेकुलीको आयोजना तथा हिमाल कृषक समुह दंगीशरण ६ को समन्वयमा वडा नं. ६ को नयाँ वस्तीमा खेतमा पुगि रोपाइ गरेर धान दिवस मनाईएको हो । गाउँपालिका अध्यक्ष शम्भु गिरी सहित गाउँपालिकाका विभिन्न साखाका कर्मचारी,किसान तथा कृषि अगुवाहरुको उपस्थितिमा धान रोपी दिवस मनाइएको हो ।

२२ औं राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले राष्ट्रिय समस्याको रुपमा रहेको रासायनिक मलको अभावका वेला अब पनि रासायनिक मल कै भरमा परीरहन नहुने बताए ।आफुहरु प्राङ्गारिक तथा जैविक मललाई बढावा दिन निति तथा कार्यक्रममै समेटी केही बजेट समेत बिनियोजन गरी सकेकाले एउटा जैबिक मल उद्योगको स्थापना गर्ने सोचका साथ अगाडि बढेको बताए ।

यस्तै अध्यक्ष गिरीले मल बीउ बिजनमा आत्मनिर्भर नहुदासम्म कृषिमा गरेको लगानीले सार्थकता पाउन नसक्ने बताए । सोही अवसरमा कार्यक्रमका बिशिस्ट अथिती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीले किसानहरुको महान पर्वको रूपमा चित्रित गर्दै यस पर्वमा खेतमा पसिना बगाएर समृद्धिको बीउ रोप्ने परम्परा रहेको बताए ।


कार्यक्रममा कृषि संजाल दंगीशरणका अध्यक्ष रबिन्द्र चौधरी ,वडा नं. ६ का वडा सदस्य कान्छुराम चौधरी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रम हिमाल समुहका अध्यक्ष दल बहादुर बुढाथोकीको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीको बिशिस्ट आथित्यतामा सम्पन्न भएको थियो ।