तीर्थ यात्रामा हिँडेका दाङका चारजनाको भारतमा दुर्घटनामा मृत्यु

दाङ, १५  चैत । तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।

बिहीबार बिहान तुलसीपुरबाट तिर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो भारतको बहराइचमा दुर्घटना भएको थियो ।


तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष  रामबहादुर जिसीले भारतमा भएको  दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको खबर प्राप्त भएको बताए । अन्य तीनजनाको नाम भने नखुलेको उनले बताए ।

गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएका छन् ।गाडीमा सवार सबैजना यात्रु तुलसीपुरकै रहेको अनुमान गरिएको छ ।