माओवादी केन्द्र दाङ क्षेत्र नं. ३ को शाखा कमिटिमा केसी

तुलसीपुर, १४ असार । नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं. ३ शाखा कमिटि अध्यक्षमा लालबहादुर केसीलाई चयन गरिएको छ । शनिबार तुलसीपुरमा भएको सम्मेलनले केसीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको सचिबमा अधिवक्ता मिनराज वली रहेका छन् ।

शाखा कमिटि अध्यक्ष रुद्रमणी पौडेलका अध्यक्षतामा भएको सम्मेलनले नयाँ कार्य समिति चयन गरेका हो । त्यस अवसरमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले पार्टीका नेतृत्वको स्वभाव, ब्यबहार, खानपिनमा सुधार गर्नुपर्ने बताए । उनले पार्टीको नेतृत्व जनताको सेवक बन्नु पर्ने बताए ।


त्यस अवसरमा केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, लेखा समिति सदस्य तथा दाङ जिल्ला सहइन्चार्ज रामबहादुर दहित(अञ्जान), जिल्ला संयोजक हरिमान पुन(बरुन), क्षेत्र नं. ३ का इन्चार्ज भिमबहादुर वली, अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी प्रदेश अध्यक्ष पुनम सेर्पाइलीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

झग्गु केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण अधिबक्ता  मिनराज वलीले गरेका थिए ।