बुटवलबाट तुलसीपुरकालागि छुटेको बस दुर्घटना

घोराही । बुटवल देखि तुलसीपुरका लागि छुटेको बस घोराही १७ बेलबारमा दुर्घटना भएको छ ।

सोमबार दिउँसो ३:१५ बजे बस दुर्घटना भएको र बसमा २७ जना सवार मध्य ७ जनालाई बढी चोटो लागेको प्रहरी नायब निरीक्षक हरि प्रसाद देवकोटाले बताएको छ ।

लु१ख ८४१२ नम्बरको बस स्टेरिङ फेल हुँदा गाडी अनियंत्रित भइ दुर्घटना हुन पुगेको चालक बिबेक कार्कीले बताए । कार्की स्वयम गाडी मालिक रहेका छन । गाडी सडक पेटिमै पल्टिएकाले मानवीय क्षति भने भएको छैन ।

यी हुन् घाइतेहरुः

१) सोही बसमा सवार जि. दाङ तुलसीपुर उ.म.न.पा.५ बस्ने बर्ष २१ की जयन्ती रोका,

२) ऐ.१५ बस्ने बर्ष ५४ को डबल बहादुर,

३) सवार जि.दाङ लमही न.पा.८ बस्ने बर्ष २७ की सविना अधिकारी,

४) ऐ.बस्ने बर्ष ३ की प्रिन्सा भट्टराई,

५) ऐ.घोराही उ.म.न.पा.१४ बस्ने बर्ष ३५ की मनमाया बुढा,

६) ऐ.२ बस्ने बर्ष ४६ की माया शाह,

७) ऐ.१३ बस्ने बर्ष २५ की सृजना भुजेल,

८) ऐ.१५ बस्ने बर्ष २५ को रिजवान सलमानी,

९) ऐ.ऐ.बस्ने बर्ष १५ की सन्जु दसौदी,


१०) सह चालक ऐ.११ बस्ने बर्ष २२ को संगम खडका,

११) ऐ.१ बस्ने बर्ष २५ की मिरा कुँवर योगी,

१२) ऐ.ऐ.बस्ने निजको बर्ष २ को सिनास कुँवर,

१३) ऐ.बङलाचुली गा.पा.७ बस्ने बर्ष २६ को मनोज थापा मगर,

१४) जि.लमजुङ राईनास न.पा.६ बस्ने बर्ष ४० की नेबिसा बुढाथोकी,

१५) ऐ.ऐ.बस्न बर्ष ४० को बाबुराम कार्की,

१६) जि.कपिलबस्तु बुद्धभुमी न.पा.९ बस्ने बर्ष ३१ की उसा अर्याल,

१७) ऐ.३ बस्ने बर्ष ६० को भोजराज पौडेल,

१८) ऐ.ऐ.बस्ने बर्ष २४ की रिता खनाल,

१९) जि.बाँके जानकी गा,पा.३ बस्ने बर्ष ३१ को लक्ष्मी नारायण,

२०) ऐ.ऐ.बस्ने बर्ष ३१ को रामसाह काँदु,

२१) जि.गुल्मी रेसुङगा न.पा.३ बस्ने बर्ष ३० को शमशेर थापा,

२२) ऐ.बस्ने बर्ष ५६ की भिमा कुमारी थापा