सीताराम शर्माले भने‘ सबै तुलसीपुरवासीलाई धारा दिनुपर्छ भनि लडेँ’

तुलसीपुर
१६ पुस /  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उम्मेदवार सिताराम शर्माले सबै तुलसीपुरबासीलाई धारा दिनुपर्छ भनि आफूले निकै पहल गरेको बताएका छन् ।

आफू कोषाध्यक्ष भएर गएपछि त्यहाँको धेरै समस्या बुझेको र सबैभन्दा ठूलो समस्या नागरिकले धारा नपाउने रहेपछि त्यसकालागि लडेर भएपनि सबैलाई धारा दिनुपर्छ भनि आवाज उठाएको उनले बताए । त्यसपछि सहज रुपमा धारा वितरण गर्ने वातावरण भएको उनी बताउछन् ।

साथै उनले एक घर– एक धाराको सरकारको नीति अनुरुप सबैलाई धारा वितरण गर्ने गरि अगाडी बढ्ने समेत बताए । फुटबल चुनाब चिन्ह पाएका उनले खानेपानीमा पनि गोल हान्ने योजना अनुसार अघि बढेको बताए ।‘म हरेक क्षेत्रमा असफल भएको ब्यक्ती हुँ’, उनले भने‘खेल क्षेत्रमा पनि सफल भएँ, यातायातमा पनि सफल भएँ, अब खानेपानीलाई सुधार गर्दै लैजाने मेरो योजना छ ।’ साथै उनले अझै पनि ४ हजार बढि निदेदनहरु धारा जडानकालागि आएका भन्दै उनीहरुलाई पनि धारा वितरण गर्ने प्रक्रिया अघि बढाउने गरि तयारी गरेको बताए ।


उनले कोषाध्यक्ष हुँदा दिनरात खटेर काम गरेको समेत बताए । उपभोक्ताले समस्या लिएर राति फोन गर्दा राती नै पानी बनाउने हिड्ने र विहानै, झरि होस््, वा गर्मी जस्तो अबस्थामा पनि उपभोक्ताको समस्या समाधान गर्न हिड्ने गरेको समेत बताए ।

आफू कोषाध्यक्ष निर्वाचित भएर आउँदा संस्था १ करोड १२ लाख ऋणमा रहेको र आफ्नो कार्यकालमा ६ करोड १५ लाख बचत गर्न सफल भएको समेत बताए । संस्थामा सहलगानी कार्यक्रम पनि आफ्नै पहलले आउन सफल भएको बताए । उनले त्यसकै लागि १० औ पटक डेलिगेशन गएर खानेपानी मन्त्री विना मगरले उक्त आयोजना पारिदिएको बताएका थिए ।

उनले आगामी दिनमा खानेपानी मुहान संरक्षणदेखि हरेक नागरिकलाई खानेपानीबाट बञ्चित नहोउन भन्ने अभियानसहित आफू अघि बढेको बताए ।