तुलसीपुरको नीतिः शिशु कक्षालाई गैर नाफामुलक संस्थाका रुपमा दर्ता गर्न प्रोत्साहन गर्ने

तुलसीपुर,७ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले अनुमति नलिई सञ्चालनमा रहेका शिशु कक्षालाई गैर नाफामूलक संस्थाका रूपमा दर्ताू गर्न प्रोत्साहन गरिने नीति ल्याएको छ । नगर प्रमुख टिकाराम खड्काले आगामी बर्षकालागि यस्तो नीति ल्याएका हुन् ।


प्रचलित शिक्षा ऐन र नियमनकारी ढाँचा अनुसार निजी लगानीका विद्यालय वा शिशु कक्षाहरू कम्पनी वा शैक्षिक गुठी अन्तर्गत दर्ता हुनुपर्ने हुन्छ। सबैलाई अनिवार्य गैर नाफामूलकू बनाउने नीतिले लगानीकर्ताको कानुनी अधिकारमा बाधा पुर्‍याउन सक्ने सरोकारवालाको चिन्ता छ ।