बच्चा देखि नै सुधार गरे, लागु औषध दुव्र्यसनीहरु घट्छन्ः उपप्रमुख चौधरी

तुलसीपुर, १२ असार । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बच्चा देखि नै सुधार गरेमा लागु औषध दुब्र्यसनीहरु घट्ने बताएकी छन् ।

विश्व लागु पदार्थ ओसार–पसार विरुद्धको दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाले आयोजना गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले अभिभावकहरुले बालबालिकाहरुलाई ख्याल नगरेमा ठूलो भएपछि कुलतमा फस्ने गरेका थुप्रै उदाहरण रहेको भन्दै यसमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताईन् । प्रायः अभिभावकहरुले नै ख्याल नगर्दा नै बढि कुलतमा फस्ने अबस्था आएको उनको भनाई छ ।


त्यस्तै इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख महेश गुरुङ, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले ओसार पसार रोक्नकालागि अभियानलाई निरन्तर अगाडी बढाइरहेको बताएका छन् । आम नागरिकको सूचनाका आधारमा नै यसलाई रोक्न सकिने भएकाले सहयोगको समेत अपेक्षा रहेको बताए ।

सूचना पाएसम्म लागु औषध ओसारपसार गर्नेहरुलाई कारवाहीको दायरामा ल्याइरहेको समेत उनीहरुको भनाई थियो । जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले स्वागत गरेको कार्यक्रमको सहजीकरण रजनी रावतले गरेकी थिइन । त्यस अवसरमा सचेतनामुलक नारासहित निकालिएको ¥यालीले बजार परिक्रमा गरिएको थियो ।