तुलसीपुर नगर जेसीजले जेसिज सप्ताह गर्दै

निरला अर्याल 
तुलसीपुर, १० जेठ ।
ब्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक कार्यमा अग्रपंक्तिमा रहेको तुलसीपुर नगर जेसीजले जेसिज सप्ताह कार्यक्रम गर्ने भयको छ । यही जेठ १२ गते (शनिबार) देखि १९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
१८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने तुलसीपुर नगर जेसीजले मानिस भित्र रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउनुका साथै समाजका हरेक क्षेत्रलाई समेटेर नागरिकलाई लाभदायक हुने कार्यक्रम हरु तुलसीपुर नगर जेसीजले गर्दै आएको रिपोर्टस् कलब दाङमा भएको पत्रकार सम्मेलनमा तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण विक्रम डाँगीले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले जेसीजले यस वर्ष जेठ १२ गते बिहान ८ बजे ब्लड ग्रुपिङ नविकरण तथा रक्तदान कार्यक्रम गरेर उद्घाटन गरिने अध्यक्ष डाँगीले बताए । त्यस्तै दोस्रो दिन जेठ १३ गते बिहान ११ बजे जेसीज जुनियर स्विच च्याम्पेन्सिप कार्यक्रम, जेठ १४ गते बिहान ७ गते अनुचित लेनदेन सम्बन्धि कानूनी व्यवस्था, एक शिक्षा, जेठ १५ गते बेलुका ७ बजे असल अभिभावक शिक्षा कार्यक्रम, जेठ १६ गते बिहान ७ बजे लागूपदार्थ तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम हुने बताए । त्यस्ते जेठ १७ गते बिहान ७ बजे अन्तरविद्यालय फुटसल प्रतियोगिता र जेठ १८ गते बिहान ८ बजे सहयोग सम्मान तथा समापन कार्यक्रम गर्ने बताए ।
पत्रकार सम्मेलनमा तुलसीपुरनगर जेसिजका पूर्वअध्यक्ष झरेन्द्र खरेल, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, राष्ट्रिय समाचार समिती दाङ प्रमुख नारायणी रजौरे, नेपाल प्रेस यूनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस यूनियनका केन्द्रिय सदस्य चेतन रेग्मी लगायतकाले समाजमा थुप्रै सामाजिक कार्य गर्दै आएको उल्लेख गर्नु भयो। जेसीजले दुर्घटना न्यूनीकरण, ट्राफिक सचेतना, रक्तदान, खेलकूद लगायतका विषयहरुमा कार्य गर्दै आएको जेसीजले यो वर्ष थप उत्कृष्ट कार्य गर्न लागेको मा कार्यक्रमको सफलताको शुभकामना दिनु भयो।
कार्यक्रममा पुर्व अध्यक्ष हरु बिमल कुमार पौडेल , मेघराज घिमिरे , मोहन सुनार र निवर्तमान अध्यक्ष सालिकराम वलि को पनि सहभागिता रहेको थियो ।
जेसिजका कार्यकारी उपाध्यक्ष सुरज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जेसी महासचिव कमल प्रकाश शर्माले गर्नु भएको थियो ।