
तुलसीपुर, २६ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले आफू सार्वजनिक पदमा नहुँदा पनि घरमा आगजनी गरेकोप्रति आपत्ति जनाएका छन् । उनले आफू २०६४ देखि सार्वजनिक पदमा नभएपति पटक–पटक बिभिन्न आन्दोलनको नाममा तोडफोड तथा आगजनी हुने गरेको बताए ।
“म २०६४ सालदेखि यस्तो जिम्मेवारीमा छैन। तर जब म २०५६ देखि २०६४ सम्म माननीयको जिम्मेवारीमा थिएँ, त्यो अवधिमा मैले धेरै व्यक्तिलाई रोजगार, विकास र जनसेवा सम्बन्धी कार्यहरू गर्न सकेको छु”,उनले भने“ घमण्डका साथ भन्न चाहन्छु—राजनीति गरेको आज ५० वर्ष भइसक्यो, तर मैले कहिल्यै कसैसँग एक रुपैयाँ पनि लिएको छैन। त्यस्तो कार्य मसँग मिल्दैन, मबाट कहिल्यै भएको छैन, न भविष्यमा हुनेछ।”
उनले अहिलेसम्म विभिन्न आन्दोलनका नाममा तोडफोड, आगजनी र लुटपाट भएको उनले बताए । त्यति मात्रै नभई गाडी जलाएको, घरका सामानहरु लुटेको, समेत उनले बताए । यस्ता घटनाबाट दुखित भए पनि म सेवा भावबाट पछि नहटेको समेत उनले बताए ।
साथै उनले जेनजीलाई गलत व्यक्तिहरूको प्रयोगबाट जोगाउन सुझाब समेत दिएका छन् । गलत नेतृत्वले देश बिगार्न सक्ने भन्दै सावधान रहन भनेका छन् । जेन-जीको आन्दोलनका क्रममा गिरीको घर जलाईएको थियो ।




लाइभदाङ । २६ भाद्र २०८२, बिहीबार १४:३६ बजे