लिटिल हेभनलाई ‘आईएसओ सर्टिफिकेट’

तुलसीपुर, २२ माघ । दाङको तुलसीपुर, ५ स्थित लिटिल हेभन इङ्लिस मिडियम सेकेन्डरी स्कुलले आईएसओ सर्टिफिकेट प्राप्त गरेको छ । स्कुलका प्रिन्सिपल कमल सापकोटाका अनुसार २०८१ मा स्कुलले अन्तरािष्ट्रय गुण्स्तर चिन्ह प्राप्त गर्न सफल भएको हो । संस्थाको ३१ औं बार्षिकोत्सवका अवसरमा उक्त कुरा जानकारी गराईएको हो ।

मंगलबार ब्यबस्थापन समितिका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको ३१ औं बार्षिकोत्सवका अवसरमा उक्त कुरा जानकारी गराईएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि खड्काले विद्यार्थीहरूको भबिष्यकालागि घरको वातावरण राम्रो हुनुपर्ने बताए । साथै उनले बिद्यार्थी स्वास्थ भएमा मात्रै शिक्षा गुण्स्तर हुने भन्दै त्यसकालागि खानपिनमा ध्यान दिनु पर्ने बताए । पछिल्लो समय जंगफुड खुवाउने, अनाबश्यक मोवाईल चलाउन दिने जस्ता कारणले बिद्यार्थीहरूको स्वास्थ्यमा असर गरिरहेको बताए ।


त्यस अवसरमा प्याब्यसन तुलसीपुरका अध्यक्ष डम्बर डाँगी, अभिभावक मनोज बस्नेत, शिक्षकहरु होमराज डाँगीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सञ्चालक समितिका सदस्य ज्ञानप्रसाद आईतबारेले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण जगदिश थापाले गरेका थिए । साथै त्यस अवसरमा विद्यार्थी तथा शिक्षकहरुले बिभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

उक्त विद्यालयमा हाल एक हजार एक सय बढि विद्यार्थी छन् । कक्षा १ देखि १२ सम्म सञ्चालित उक्त विद्यालयमा कक्षा ११ र १२ मा शिक्षा, मानविकी संकायमा अध्यापन भइरहेको छ ।