तुलसीपुरमा लेखापढी ब्यबसायीलाई विचौलिया भनेको प्रति आपत्ति

तुलसीपुर, २२ चैत । दाङको तुलसीपुर स्थित मालपोत कार्यालय तुलसीपुरबाट विचौलिया भन्दै लेखापढी ब्यबसायीलाई पक्राउ गरेको प्रति आपत्ति जनाईएको छ ।

नेपाल लेखापढी कानुन व्यबसायी एसोसिएसन तुलसीपुरले सोमबार विज्ञप्ति जारी गरि बयबसायीको ब्यक्तिगत स्वतन्त्रता तथा पेशागत मर्यादामा समेत आँच आउने गरि प्रहरीले धरपकड गरेको प्रति आपत्ति जनाएको हो । सचिब तिलकराम शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार प्रहरीले धरपकड गरेका ब्यक्तीहरु निर्दोश भएपछि छोडिएको समेत उल्लेख गरिएको छ ।

दाङ जिल्ला अदालतबाट समेत लाईसेन्स तथा भु–सेवा निर्देशिका अनुमतिपत्र समेत प्राप्त गरी पोशाक लगाएर काममा खटिएको अबस्थामा समेत ब्यबसायीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । सुशासनका नाममा बास्तविक विचौलिया पहिचान नगरि निर्दोश ब्यक्तीलाई दुःख दिने र सामाजिक आँच आउने काम गरेको भन्दै यो कार्य रोक्न समेत भनेको छ ।


साथै बास्तविक विचौलिया पहिचान गरि कारवाही गर्न समेत माग गरिएको छ । आईतबार कार्यालयबाट प्रहरीले ८ जना ब्याबसायी र दुई जना सेवाग्राहीलाई समेत पक्राउ गरेको थियो । पछि उनीहरु सबैलाई छोडिएको थियो ।