
तुलसीपुर, ३ असार ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ को हरीपौरी निवासी मन्जु आचार्यलाई ग्वारखोला गाउँमा आउछ, की भन्ने पिरलो थियो । ग्वारखोलाले जमिन काटेर गाउँमै पस्ला जस्तै गरेको थियो । बर्षादमा ग्वारखोला गाउँमै पस्ला जस्तै गर्थ्यो । यही पिरलो सोही ठाउँका रुपसिंह चौधरीलाई पनि थियो । गाउँमा बाढी पस्ने चिन्ता मात्रै होईन् वर्षेनी रोपेको धान समेत बगाउँदा उनी निकै आजित हुन्थ्ये । “गाउँमा बाढी पस्ने डर उत्तिकै थियो”,उनले भने “वर्षेनी आउने बाढीले हामीले रोपेको खेतको धान बगाएर लिन्थ्यो ।”
यस्तै समस्याले गर्दा हरीपौरी मात्रै होईन्, जसपुर, गर्गरे, बेलान्नेलगायतका बासिन्दालाई वर्षेनी पिरोल्थ्यो । तर, अब त्यो समस्या रहेन । ग्वारखोलामा यस वर्ष तटबन्ध निर्माण भइसकेको छ । त्यो तटबन्धले गाउँ पनि सुरक्षित त हुने नै भयो जग्गा पनि सुरक्षित गरेको छ । तटबन्ध निर्माण भएपछि त्यहाँका एक सय घर सुरक्षित भएका छन् । विगतमा यो रोग जस्तै भएपनि तटबन्ध निर्माण भएपछि अब सहज भएको तुलसीपुर १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए । त्यहाँको ६ सय मिटर तटबन्ध निर्माण भएको हो ।
गएको वर्ष वडा नं. १२ मै तीन सय मिटर तटबन्ध भएको हो । सिंचाई डिभिजन कार्यालय दाङको लागतमा तटबन्ध निर्माण भएको हो । सोही वडामा अझै ७ सय मिटर तटबन्ध भएको छ ।
बबइको तटबन्धले पनि सहज
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला अन्तर्गत पर्ने बबई नदीमा पनि तटबन्ध निर्माण भएको छ । त्यसले पनि गाउँ नै जोगाउने अपेक्षा लिइएको छ । कचिला निवासी डिल्लीबहादुर थारुका अनुसार विगतमा बाढी बसेर गाउँ नै पुग्थ्यो । तर, अब भने त्यो डर हराएको उनले बताए । “सधै गाउँमा बाढी पस्थ्यो, घरै बगाउने डर हुन्थ्यो”,उनले भने “तर, अब त्यो समस्या हटेर गएको छ ।”
त्यहाँ करिब तीन सय घरलाई असर पु¥याउथ्यो । कचिला सितलपुर लगायतका बस्तिमा त्यहाँको बाढीले असर गर्ने गरेको थियो । करिब ३ करोड लागतमा त्यहाँ तटबन्ध निर्माण भएपछि सहज भएको उनको भनाई छ । सिंचाई डिभिजन कार्यालयले दुईसय मिटर तटबन्ध गरेको हो । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ३ असार २०८२, मंगलवार १३:१६ बजे