
तुलसीपुर, २ असार । दाङको तुलसीपुर उपमहानगरले स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अद्यावधिक गर्ने भएको छ । २०७९ देखि उपमहानगरपालिकाले पाठ्यक्रम लागु गरेको थियो । पहिलो चरणमा कक्षा ४ देखि ८ सम्म लागु भएको शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले बताए ।
उनका अनुसार अहिले त्यही पाठ्यक्रलाई उद्याबधिक गर्ने तयारी स्वरुप सुझाब संकलन गर्न थालिएको छ । शिक्षासंग सरोकारराख्ने विभिन्न ब्यक्तीहरुसंग सुझाब संकलन गरिएको समेत उनले बताए । तुलसीपुर उपमहानगरपालिकाको बस्तुस्थिति बुझाउनकालागि यो पाठ्यक्रम लागु गरिएको हो ।
यसले स्थानीय भाषा, संस्कार, संस्कृति,भुगोललगायतलाई समेटेको उनको भनाई छ । अहिले लिइएका सुझाबहरुलाई समेटेर आगाम पाठ्यक्रम तयार गर्ने उनको भनाई छ ।
यसै क्रममा सोमबार तुलसीपुर क्षेत्रमा रहेका पत्रकारसंग सुझाव संकलन गरिएको छ । त्यस अवसरमा पत्रकारले स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ मा तुलसीपुरको इतिहास,मेला, सहकारी शिक्षा, स्थानीय सफल व्यक्तित्वका जीवनी लगायतका विषयवस्तु समेटिनुपर्ने बताएका छन् ।
विद्यार्थीहरुले बुझ्ने गरि सरल खालको भाषा र शैली हुनुपर्ने समेत पत्रकारहरुले सुझाब दिएका थिए । सुझाब दिनेहरुमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा, गोरक्ष दैनिकका बालाराम खड्का, रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जीएम, राप्ती पहिचानका यज्ञ बहादुर बुढा, शितलपुर अनलाइनका जयन्ती चौधरी लगायतले कितावमा लेखिएका पाठमा शुद्धाशुद्धी सच्याउनुपर्ने, सहि अर्थ दिनेगरी वाक्य लेख्नुपर्ने, छपाईमा गुणस्तरियता हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र भण्डारीले हाम्रो तुलसीपुरमा धेरै विषयवस्तु समेट्न खोजिएपनि केहि सुधार गर्नुपर्ने कुराहरु पनि रहेको बताएका थिए ।
यस्तै, भाषा सम्पादक गोकर्ण पौडेलले भाषिक शुद्धता थप सच्याएर बताएका थिए । कार्यक्रमको सहजीकरण शिक्षा महाशाखाका शिक्षा अधिकृत मनबहादुर खड्काले गरेका थिए ।



लाइभदाङ । २ असार २०८२, सोमबार २२:२५ बजे