खानेपानी चुनाब : प्रचार अभियानमा लाग्यो माओवादीको जबस मोर्चा

हिरालाल वली ‘जनार्दन’
तुलसीपुर, १५ पुस ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि ९ दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनकालागि माओवादी केन्द्र निकट जवस मोर्चाले अभियान अघि बढाएको छ ।


बैठकमा, माओवादी प्रदेश सदस्य तुलसीपुर नगर सचिब तुलाराम भण्डारी ‘बारुद’ , माओवादी शान्तिनगर सह–सचिव हिरा सुनार, जवस मोर्चाका नेताहरु माधव बुढाथोकी ,हेबेन्द्र शाही ,हिरालाल ओली जनार्दन , अनिता खडका इश्वरा रोका, अमर बिक लगायतको सहभागिता रहेको थियो

९ दलिय सहमती अनुसार साझा अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य,सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवारद्वय पदमबहादुर खड्का र लक्ष्मण केसी रहेका छन् । उनीहरुलाई जिताउन जबस मोर्चा सक्रिय भएर लागेको छ ।