मावि सौडियारका सहायक प्रअले सरकारी विद्यालयमा बच्चा भर्ना गर्ने

घोराही, ५ बैशाख ।
घोराही–७ सौडियार स्थित मावि सौडियारमा नयाँ शैक्षिक शत्र २०८० मा प्ले ग्रुपदेखी कक्षा ५ सम्म अंग्रेजि मिडियममा पठनपाठन सुरु हुने भएपछि अभिभावकहरु उत्साहीत देखीएका छन् । अभिभावकहरुमाझ विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यपाक, नयाँ नियुक्त भएका शिक्षकहरु, कर्मचारीसहीत घरदैलोका क्रममा पुगेको टोलिसंगको अन्तरकृयामा अभिभावकहरु उत्साहीत देखीएका छन् ।

मन्टेश्वरी विधिवाट पनि यसै नयाँ शैक्षिक शत्रदेखी नै पठन पाठन सुरु हुने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले बताए । उनले नयाँ विद्यार्थिहरुको हकमा प्रवेश परीक्षा लिएर मात्रै विद्यालयमा भर्ना गरीने उनले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा अभिभावकहरुको पछिल्लो मागलाइृ ध्यानमा राख्दै नयाँ आएको विद्यालय ब्यवस्थापन समितिले अग्रेजि मिडियम सञ्चालन गर्ने निर्णय गरेको विद्यालय ब्यवस्थापन समितिका सदस्य जिउधन चौधरीले बताए । चौधरीले विद्यालयमा शिक्षकहरुको नियमित उपस्थितीका लागि डिजिटल हाजिरी पनि यसै शैक्षिक शत्रदेखी लागु गरीने जानकारी दिए ।


यसैविच मावि सौडियारका सहायक प्रधानाध्यापक यमलाल रिजालले विद्यालयमा अग्रेजि मिडियम सुरुवात भएपछि आफु उत्साहीत भएको भन्दै आफ्नो वाल वच्चा पनि यसै विद्यालयमा अग्रेजि मिडियममा भर्ना गर्ने सावैजनिक प्रतिवद्ता जाहेर गरेका छन् ।

उनले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, कर्मचारीहरुसहीतको संयुक्त बैठकमा आफैले आफ्ना वच्चा अग्रेजि मिडियममा हाल्ने प्रतिवद्ता जाहेर गरेका हुन् । विद्यालय ब्यवस्थापन समितिले समितिका सदस्य, शिक्षक, कर्मचारीका छोरा छोरीलाई आफुले पढाउने विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।