
प्रजातान्त्रिक उद्यमी संघ दाङका अध्यक्ष एवं सामाजिक व्यक्तित्व मानु केसी संग असार ७ गते हुन गईरहेको ५ औं साधारणसभा तथा अधिवेशनका विषयमा केन्द्रित रहेर पत्रकार अनिल अधिकारीले गरेको कुराकानी सारसंक्षेपमा………….
१. स्वागत छ यहाँलाई !
धन्यवाद !
२.सन्चै हुनुहुन्छ ! आजभोलि यहाँको दिनचार्य कसरी वितेको छ ?
आरामै छु हजुर !
प्रजातान्त्रिक उद्यमी संघ दाङको ५औं साधारणसभा तथा अधिवेशनको दिन नजिकिँदै छ, उक्त साधारणसभा तथा अधिवेशनको तयारीमा जुटेको छु । अन्य सामाजिक कार्यहरूमा पनि मेरो व्यस्तता रहने गरेको छ साथै म व्यवसायी पनि भएकाले आफ्नो व्यवसायलाई समय दिदैं आजभोलिको दिनचार्य बित्ने गरेको छ ।
३. प्रजातान्त्रिक उद्यमी संघका काम कर्तव्य के के हुन ?
प्रजातान्त्रिक विचार राख्ने व्यवसायीहरु लाई संगठित गर्दै उनीहरुका हकहितका पक्षमा निरन्तर आवाज उठाउँदै काम गर्नु यसको मुख्य उद्देश्य हो भने अन्य विचार राख्ने साथीहरुलाई पनी कन्भिन्स गर्दै प्रजातान्त्रिक उद्यमी संघमा आवद्ध गराउने यसको लक्ष्य हो ।
४. प्रजातान्त्रिक उद्यमी संघ दाङ कहिले स्थापना भयो र यस संघले उद्यमीका पक्षमा गरेका संझनलाएक काम के छन् ?
प्रजातान्त्रिक उद्यमी संघ दाङ २०६८ सालमा विधीवत रुपमा स्थापना भएको यहाँहरु लाई जानकारी गराउन चाहन्छु। स्थापना कालदेखि नैं व्यवसायीक हकहितका पक्षमा संघले आवाज उठाउँदै आएको छ । उद्योग वाणिज्य संघमा आफ्नो वर्चस्व कायम गर्दै प्रजातान्त्रिक विचार राख्ने व्यवसायीहरुलाई नेतृत्वमा पुर्याउने र उद्योग वाणिज्य संघ मार्फत समस्या समाधानका लागि निरन्तर पहल गर्दे आएको व्यहोरा यहाँहरुलाई जानकारी गराउदछु ।
५. राजनैतिक दलको शुभेच्छुक संस्थाको रूपमा काम गर्दा के कस्तो कठिनाई आइपर्दा रहेछन् ?
प्रजातान्त्रिक उद्यमी संघ राजनीतिक दलको शुभेच्छुक संस्था त हो तर आजका मितिसम्म राजनीतिदलले कुनै हस्तक्षेपकारी भूमिका खेलेको मैले पाएको छैन। रचनात्मक सल्लाह सुझाव दिदैं व्यवसायीक हकहितका पक्षमा काम गर्न राजनीतिक दलले हौसला
दिदैं आइरहेको छ।
६. प्रजातान्त्रिक उद्यमी संघमा कतिको संख्यामा व्यवसायी आवद्ध भएका छन् ?
प्रत्येक राजनीतिक दलका आ-आफ्नै उद्यमी संघ संस्थाहरु रहने गरेको सर्वविदितै छ। सवै संघसंस्थाले आ-आफ्नो पक्षमा उद्योगी, व्यवसायी तान्ने प्रयास हिजो देखि आजसम्म चलिरहेको छ । उद्योगी, व्यवसायी तानातानको अवस्थामा पनि प्रजातान्त्रिक उद्यमी संघमा ५०० सय व्यवसायी आवद्ध भएको यहाँहरुलाई अवगत गराउन चाहन्छु।
७. नेतृत्वमा रहेर कामगर्दा के कस्ता चुनौतीको सामना गर्नुपर्दो रहेछ ?
नेतृत्वमा रहेर काम गर्ने क्रममा अनेकौं चुनौती हरुको सामना अवस्य गर्नु नै पर्छ। सामाजिक संघसंस्थामा व्यक्ति हावी हुन खोज्ने पुरानो रोगको उपचार अहिलेसम्म प्राप्त भएको छैन भन्ने मेरो वुक्षाई हो ।आईपरेका चुनौतीलाई चिर्दै अघि वडेमा अवस्य गन्तव्यमा पुगिन्छ भन्ने मेरो आत्मविश्वास हो ।
८. असार ७ गते ५ औं साधारणसभा तथा अधिवेशन गर्दै हुनुहुन्छ, तयारी कस्तो छ ?
प्रजातान्त्रिक उद्यमी संघको ५ औं साधारणसभा तथा अधिवेशनको तयारी तिब्र रुपमा अघि बढेको छ । व्यवसायी साथीहरुलाई पत्राचार एवं सम्पर्क गरीरहेका छौ । शुभेच्छुकहरु संगको सरसल्लाहलाई पनी प्रमुख प्राथमिकतामा राखेका छौ । साधारणसभा तथा अधीवेसनलाई भव्य र सभ्य रुपमा गर्नका निम्ति प्रजातान्त्रिक उद्यमी संघ दाङको कार्यसमिति निरन्तर लागिरहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउदछु।
९. शूभेच्छुक एवं व्यवसायिक साथीहरुलाई केहि भन्नु छ ?
असार ७ गते हुन गईरहेको प्रजातान्त्रिक उद्यमी संघको ५ औं साधारणसभा तथा अधिवेशनको तयारीमा हामीहरू जुटेका छौ । सोही अधिवेशन र साधारणसभाले सफल नेतृत्व समेत चयन गर्ने छ । उक्त साधारणसभा तथा अधीवेसनलाई सभ्य र भब्य रुपमा सफल पार्नका लागि सम्पूर्ण उधमी, व्यवसायी र शुभेच्छुक साथीहरुलाई अनिवार्य उपस्थितीका लागि हार्दिक चूले निम्तो गर्दछु।
१०. अन्त्यमा केही भन्नु छ ?
असार ७ गते हुन गईरहेको प्रजातान्त्रिक उद्यमी संघको साधारणसभा तथा अधिवेशनको तयारीका विषयमा मलाई आफ्नो विचार राख्ने सु-अवसर प्रदान गर्नुभएकोमा तपाईं लगायत यस लोकप्रिय संचारमाध्यमलाई विषेश धन्यवाद !



लाइभदाङ । ३० जेष्ठ २०८२, बिहीबार २१:०९ बजे