
तुलसीपुर, २८ जेठ । दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन भएको छ । शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुलामा स्थानान्तरण हुने भएको हो ।
गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो । पालिकाको कार्यालय करिब एक बर्ष अघि जुम्लेकुला सारिएको थियो ।
पालिका सारिएपछि अदालतमा रिट परेपनि त्यो रिट नै खारेज भएको थियो । पालिका सारिएको बिषयमा पटक–पटक विरोध पनि भएको थियो ।
तर, मन्त्रिपरिषदको बैठकले निर्णय गरेसंग पालिकालाई सारिएकै ठाउँबाट सञ्चालन गर्न सहज भएको पालिका अध्यक्ष प्रमोद बस्नेतले बताए ।
उनका अनुसार चिराघाटमा फोन सम्पर्क पनि नहुँने र पायक पनि नपर्ने भएकाले सारिएको हो । अहिले भाडाको भवनबाट पालिका सञ्चालन भएको भएपनि त्यसलाई ब्यबस्थित गर्ने बाटो खुला भएको अध्यक्ष बस्नेतले बताए ।



लाइभदाङ । २९ जेष्ठ २०८२, बुधबार २२:०७ बजे