
दाङ,०४ साउन ।
दाङको गढवा गाउपालिकामा स्ट्यान्ड पंखा मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–६ थानदेउखुरी निवासी ५६ वर्षीय राम सेवक यादवलाई सोमबार दिउँसो करिब ४स्०४ बजे स्ट्यान्ड पंखा बनाउने क्रममा करेन्ट लागेको थियो।
करेन्ट लागेपछि उहाँलाई तत्काल उपचारका लागि गढवा स्वास्थ्य चौकी लगिएको थियो। तर, स्वास्थ्यकर्मीले परीक्षणपछि उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



लाइभदाङ । ४ श्रावण २०८३, सोमबार २०:०९ बजे