दाङका कुन स्थानीय तहले कति अनुदान पाए ?

दाङ, १६ जेठ ।
संघीय सरकारले दाङमा सबै भन्दा बढि घोराही उपमहानगरपालिकालाई अनुदान दिएको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तर सरकारी वित्तीय हस्तान्तरणमा सबै भन्दै धेरै घोराही उपमहानगरपालिका र सबै भन्दा कम
दंगीशरण गाउँपालिकालाई छुट्याएको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान गरि सोही बजेट छुट्याएको हो ।


कुन स्थानीय तहलाई कति बजेट ?
घोराही उपमहानगरपालिका : १ अर्ब ७ करोड ७३ लाख
तुलसीपुर उपमहानगरपालिका: ९५ करोड ९६ लाख
लमही नगरपालिका:३८ करोड ३८ लाख
गढवा गाउँपालिका: ३५ करोड २० लाख
दङ्गिशरण गाउँपालिका: २७करोड ५१ लाख
बंगलाचुली गाउँपालिका: ३२करोड १० लाख
बबई गाउँपालिका:३० करोड ४९ लाख
राजपुर गाउँपालिका: २९ करोड ६२ लाख
राप्ती गाउँपालिका: ३७ करोड २१ लाख
शान्तिनगर गाउँपालिका : २९ करोड ५५ लाख