
मिति २०८२ जेठ २७ गते ।
मेष : महत्वपूर्ण कार्यहरूमा सफलता मिल्ने संकेत छन्। आत्मविश्वास बढ्नेछ। तर हतारमा निर्णय लिँदा घाटा हुन सक्छ। पारिवारिक वातावरण सुखद रहनेछ। प्रेमप्रसंगमा शंका नगर्नुहोला।
वृष : आर्थिक पक्ष सन्तोषजनक रहनेछ। लामो समयदेखि रोकिएको कार्य बन्ने सम्भावना छ। घर(परिवारमा सौहार्दता कायम रहनेछ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ।
मिथुन : यात्राको सम्भावना छ, विशेष गरी वैदेशिक कार्यहरूमा लाभ मिल्नेछ। अध्ययन(अध्यापनमा सफलता मिल्ने योग छ। साथीभाइको सहयोगले उत्साह थपिनेछ। तर बिनानचाहिएको विवादमा नजाने राम्रो।
कर्कट : पारिवारिक जिम्मेवारी बढ्नेछ। आर्थिक लेनदेनमा सतर्कता आवश्यक छ। पुराना योजना कार्यान्वयनमा ल्याउने दिन हो। प्रेममा मनमुटाव देखिन सक्छ, धैर्य आवश्यक छ।
सिंह : कार्यमा उत्साह बढ्नेछ। व्यापारिक निर्णयमा लाभ मिल्नेछ। दाजुभाइ वा मित्रसँग सहयोग मिल्ने दिन हो। धार्मिक वा सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ।
कन्या : स्वास्थ्यमा सुधार आउनेछ। मन एकाग्र हुने हुँदा अध्ययन तथा अनुसन्धानमा प्रगति हुनेछ। तर साना कुरामा रिस उठ्ने सम्भावना छ। कार्यक्षेत्रमा संयमता आवश्यक छ।
तुला : साझेदारीमा लाभ मिल्नेछ। दाम्पत्य जीवनमा सुमधुरता बढ्नेछ। लगानीमा लाभ मिल्ने संकेत देखिन्छ। वैदेशिक योजना बनाउन चाहनेहरूका लागि दिन सकारात्मक रहनेछ।



वृश्चिक : काममा अवरोध आउन सक्छ, तर धैर्य र निरन्तरताले सफलता मिल्नेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। नजिकका मानिसहरूसँग छलफल गरेर अघि बढ्नु लाभदायक हुनेछ।
धनु : सामाजिक कार्यमा सम्मान प्राप्त हुन सक्छ। पुराना साथीभाइसँग भेटघाट हुनेछ। प्रेम सम्बन्धमा प्रगति देखिन्छ। अध्ययन वा यात्राका लागि समय अनुकूल छ।
मकर : व्यवसायमा प्रतिस्पर्धा बढ्न सक्छ, तर योजनाबद्ध ढंगले काम गर्दा लाभ हुनेछ। पारिवारिक विषयमा ध्यान दिनु आवश्यक छ। मातापिताको सल्लाह लाभदायक बन्नेछ।
कुम्भ : धन लाभको अवसर मिल्नेछ। नयाँ कामको सुरुवात गर्न चाहनेहरूका लागि अनुकूल समय हो। साथीभाइबाट सहयोग प्राप्त हुनेछ। तर घमण्ड वा अहंकारले हानि पुर्याउन सक्छ।
मीन : मन चञ्चल हुन सक्छ, ध्यान केन्द्रित गर्न प्रयास गर्नुहोला। घरमा धार्मिक वातावरण बन्न सक्छ। अध्ययन र सृजनात्मक कार्यमा प्रगति हुनेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तुविद्
9848060799
लाइभदाङ । २८ जेष्ठ २०८२, मंगलवार ०९:२६ बजे